तालिवानद्वारा हजारा समुदायका १३ जनाको नरसंहार गरिएको खुलासा


२० आश्विन २०७८, बुधबार
Taliban Afghanistan

काठमाडौं, २० असोज । अफगानिस्तानका जातिय अल्पसंख्यक तथा शिया मुसलमानहरु तालिवानको निशानामा परिरहेको खुलासा भएको छ । तालिवान विद्रोहीले गत अगष्टमा हजारा समुदायका १३ जनाको हत्या गरेको सार्वजनिक भएको हो ।

अफगानिस्तानको दयकुंडी प्रान्तमा उनीहरुको सामुहिक हत्या गरिएको दावी मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले गरेको छ । मारिनेमा १७ बर्षिया एक किशोरी सहित ९ जना पूर्व सैनिकहरु रहेका छन् ।

तालीवान समक्ष गत अगष्टमा आत्मसमर्पण गर्ने ती सैनिकहरुको हत्या गरिएको हो भने २ जना सर्वसाधारण नागरिक पनि मारिएका हुन् । उनीहरुलाई आफना परिवारका सदस्यका सामु गोली हानी हत्या गरिएको थियो ।

हजारा समुदाय अफगानिस्तानको तेश्रो ठूलो जातीय समुदाय रहेको र उनीहरुले शिया इस्लाम धर्मका अनुयायी भएको बुझिएको छ । अफ्गानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेयता ५० भन्दा बढीको गैरन्यायिक हत्या गरिसकेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७