मन्त्री टुङ्गो लगाउन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


२० आश्विन २०७८, बुधबार
perish dada party

काठमाडौं, २० असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । आज (बुधबार) दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जनाइएको छ ।

स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारी अनुसार यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना पनि छ । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।

लामो समयपछि हिजो सत्ता गठबन्धन दलहरुले मन्त्रालय बाँडफाँडमा सहमति कायम गरेका हुन् । अढाइ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेका बेला सत्ता गबवन्धन दलहरु मन्त्रालय बाँडफाँडपछि मन्त्री छनौटमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७