भाजपाको निमन्त्रणामा कांग्रेस नेताको टोली भारत भ्रमणमा जाँदै


२० आश्विन २०७८, बुधबार
Deuwa and Chothaiwale2021 08 22 09 08 36

काठमाडौं, २० असोज । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली भोलि (बिहीबार) भारत जाने भएको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया छन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए । गत अगष्ट महिनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए ।

prakash sharan mahat1613898612

उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । पछिल्लो पटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् ।

मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मिति समेत तय हुने स्रोतले जानकारी दिएको छ । भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७