ट्याक्टरको ठक्करबाट साइकल यात्रीको गयो ज्यान


२० आश्विन २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बारा, २० असोज । बाराको आदर्शकोतवाल गाउँपालिका–५ मा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । स्थानीय २५ वर्षीय शेख अबुलैसको मृत्यु भएको हो ।

हिजो बेलुका करिब साढे ७ बजे ना ६ त ३३९० नम्बरको ट्याक्टरले शेख सवार साइकललाई ठक्कर दिएको थियो । शेखको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७