ललितपुरका १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेल खोपको पहिलो डोज दिइँदै


२० आश्विन २०७८, बुधबार
corona khop 1
फाइल फोटो

काठमाडौं, २० असोज । ललितपुरमा आज (बुधबार) बाट १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ ।
१८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । भेरोसेलको पहिलो डोज लिनका लागि तोकिएका खोप केन्द्रमा सम्पर्क गर्न पनि स्वास्थ्य कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

चाडपर्वको समयमा बढ्ने भिडभाडले कोभिड–१९ को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी स्थानीय तहले निर्धारण गरेका पायक पर्ने खोप केन्द्रमा गएर कोभिडविरुद्धको खोप लगाउन समेत कार्यालयले आम नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७