प्रकाशमानको प्रश्न : गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन ?


२० आश्विन २०७८, बुधबार
prakashman 20 1jNWBiasKN

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिष्टहरूको मनोबल बढेको बताएका छन् ।

काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएको बताएका हुन् ।

‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिष्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन,’ उनले भने । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराए ।

उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको दाबी समेत गरेका थिए । उनले यसबारे आफूले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत अव सभापतिमा उमेद्वारी घोषणा नगर्न सुझाएको बताएका थिए । ‘मैले दुबै नेतालाई भनिसकेको छु,’ सिंहले भने, ‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने ? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन ? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु पर्‍यो । गणेशमानको परिवारले सँधै त्याग मात्र गर्नुपर्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७