गाभीले दिने एक लाख डोज फाइजर खोप दशैंपछि आउने


२० आश्विन २०७८, बुधबार

काठमाडौं, २० असोज । गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप दशैं पछि नेपाल आइपुग्ने भएको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराउने भएको हो ।

उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ । अहिले फाइजरको खोपको गाइडलाइन बनाउने कार्य भइरहेको बताइएको छ । उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ । नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ । उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७