मन्त्री छान्न रामचन्द्र पौडेलले बोलाए आफू निकट नेतालाई


२० आश्विन २०७८, बुधबार
ramchandra paudel
फाइल फोटो

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा सल्लाह गर्न आफू निकट नेताहरुलाई बोलाएका छन् । मन्त्री छनौटका लागि छलफल गर्न उनले निजी निवास बोहराटारमा नेताहरुलाई बोलाएका हुन् ।

नेताहरुसँगको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । पौडेल समूहले आफ्नो भागमा परेका दुई मन्त्रालयका लागि मन्त्री छान्ने तयारी गरेको छ । पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरीमध्ये दुई मन्त्री हुने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७