प्रथम महिला प्रहरी चैतमायालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’


२० आश्विन २०७८, बुधबार
police day aaitamaya Xz2fCcVtFm

काठमाडौं, २० असोज । प्रथम महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सेवा निवृत्त प्रहरी सहायक निरीक्षक डंगोललाई ६६ औं प्रहरी दिवशको अवसरमा मंगलबार उक्त अवार्ड प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई अवार्ड प्रदान गरेका छन् ।

यस्तै, कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । नुवाकोट विदुर नगरपालिका २ का अमर प्रहरी प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा ८ का अमर प्रहरी प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काकी छोरी सन्जीवनी खड्कालाई अच्युत–मिना अमर प्रहरी परिवार पुरस्कार प्रदान गरिएको छ ।

यस्तै बैतडी शिवनाथ–२ का अमर प्रहरी शेर सिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का अमर प्रहरी प्रहरी जवान रामबहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत –मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७