उपचाररत किशोरीको निधन, पाँचथर अस्पताल तनावग्रस्त


२० आश्विन २०७८, बुधबार
balika panchthar

पाँचथर, २० असोज । पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक किशोरीको इन्जेक्सन लगाए लगत्तै निधन भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

ज्वरो आएपछि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका–२ की १३ वर्षीया क्रिष्टिना थाम्सुहाङको निधन भएको हो । घटनालाई लिएर मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीका लापरबाही भन्दै शव बुझ्न नमानेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।

ज्वरो आएपछि असोज १९ गते अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको बुधबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पताल आएपछि स्वास्थ्यमा सुधार आएर आजै डिस्चार्ज गर्न लागिएकी किशोरीलाई राउन्डमा आएका चिकित्सकले सुइ लगाई दिए लगत्तै निधन भएको मृतकका आफन्तले जनाएका छन् ।

बेडमा आमासँग गफ गर्दै खाजा खाएकी किशोरी सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएर २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाही भएको मृतकका काका युवराज थाम्सुहाङले दाबी गरे । अस्पतालले चित्तबुझ्दो जवाफसहित घटनाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको भनाइ छ ।

‘एनाफाइलाटिक सक’ का कारण किशोरीको निधन भएको हुनसक्ने अनुमान अस्पतालले दाबी गरेको छ । किशोरीको निधनपछि अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । समस्या समाधानका लागि २ घण्टादेखि वार्ता जारी रहे पनि कुनै निष्कर्ष निस्केको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७