शेयर बजारमा हरियाली, साढे ४ अर्बको कारोबार


२० आश्विन २०७८, बुधबार
share

काठमाडौं, २० असोज । शेयर बजारमा लगातार दोस्रो दिन पनि हरियाली छाएको छ । मंगलबार ४१ अङ्कले बढेको नेप्से नप्से आज बुधबार पनि ६८.४७ अङ्कको वृद्धि हुँदा २६८१.१० अङ्कमा बन्द भएको छ ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला तीन दिन ३ अर्बमा झरेको कारोबार रकम आज भने बढेर साढे ४ अर्ब पुगेको छ । आज नेप्सेमा ८१ लाख ८९ हजार ८९० कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजारको कारोबार भएको छ ।

वित्त कम्पनी उपसूचक सवार्धिक ६.५९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ५.८ प्रतिशत र विकास बैंक उपसूचक ४.८२ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमुलक उपसूचक ३.८९ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.५१ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ भने बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले मात्रै बढेको छ ।

शेयर बजारमा हरियाली छाउँदा लाभांश बुक गर्ने अन्तिम दिन सिटीजन्स बैंकको सवार्धिक २३ करोडको शेयर कारोबार हुँदा एनआईसी एशिया लघुवित्तको करिब १६ करोड ८६ लाख र निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाखको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टलरीको १४ करोड ७५ लाख र छिमेक लघुवित्तको ११ करोड १९ लाखको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य धेरै बढ्नेमा फाइनान्स र माइक्रोफाइनान्स कम्पनी रहेका छन् । यता रिडी हाइड्रोपावरको शेयर मूल्य २.१६ प्रतिशतले गिरावट हुँदा ङ्यादी पावरको शेयर मूल्य १.४६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७