मन्त्री टुङ्गो लगाउन बालुवाटारमा कांग्रेस नेताहरुको बैठक


२० आश्विन २०७८, बुधबार
1626427879 Congress Meeting Baluwatar

काठमाडौं, २० असोज । प्रधानमन्त्री निवास वालुवाटारमा नेपाली कांग्रेसको पदाधिकारी वैठक बसेको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो ।

बैठकमा भोलि (बिहीबार) का लागि तयारी भइरहेको मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत दुई नेताले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई बुझाएका छन् ।

यसअघि आजै पौडेल पक्षले आफ्नो समूहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो । बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायतका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रालयको टुङ्गो लागेपछि जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टी आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्री टुङ्गो लगाउन छलफलमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७