आज रातिदेखि २०२३ का लागि अमेरिकी डीभी चिट्ठा खुल्दै, यस्ता छन् दूतावासको पाँच सुझाव


२० आश्विन २०७८, बुधबार
dv starts2023 r4FgAiX8Nk

काठमाडौं, २० असोज । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज (बुधबार) राति ९ः४५ बजेदेखि कात्तिक २३ सम्मका लागि डीभी चिठ्ठामा सहभागिता जनाउन चाहनेले आवेदन दिन सक्ने छन् ।
अमेरिकी राजदूतावासले डीभी भर्नुअघि निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ–

१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस् ।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस् ।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस् ।
५. स्पोन्सरलगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस् ।
डीभी आवेदन निःशुल्क र आफैले पनि भर्न सकिने छ ।

अमेरिकामा बसाइ सर्ने दर कम भएका देशका नागरिकलाई यो कार्यक्रमको लागि योग्य मानिएको छ । डीभी भर्नेले कम्तीमा उच्च शिक्षा वा सोही बराबरको शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ । काम गर्ने आवेदक भए कम्तीमा दुई वर्ष काम गरेको अनुभव प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
अन्य कुराका लागि यहाँ (क्लिक गर्नुहोस्) अध्ययन गरी डीभी भर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७