माओवादी केन्द्रले छान्यो तीन मन्त्री र एक राज्यमन्त्री (नामावलीसहित)


२० आश्विन २०७८, बुधबार
mantri

काठमाडौं, २० असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
आज (बुधबार) पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य गणेश साहकाअनुसार बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । मन्त्रालयको विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताएका छन् । माओवादीको तर्फबाट यसअघि नेताहरू जनार्दशन शर्मा र पम्पा भुसाल सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बिहीबार) मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एस) ले पनि सरकारमा सहभागी हुने मन्त्री टुङ्गो लगाउन छलफल अघि बढाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७