प्रदेश–२ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

पक्षमा ७७ र विपक्षमा २३ मत


२० आश्विन २०७८, बुधबार
lalbabu raut21633506089

जनकपुरधाम, २० असोज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । बुधबार राउतको पक्षमा ७७ जना सांसदले मत दिए । उनको विपक्षमा २३ जनाले मत दिए ।

आज प्रदेश सभा बैठकमा १०४ मध्ये १०० जना सांसदको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन ५३ मत आवश्यक थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७