आइएमई मोटर्सको जितपुर र नवलपरासीमा नयाँ शाखा


२० आश्विन २०७८, बुधबार
Jeetpur Inauguration1633522989

काठमाडौं, २० असोज । आइएमई ग्रुप अन्तरगत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा समुद्घाटन गरेको छ।

जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित टु एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरीएको कम्पनीले बताएको छ।

यी शाखाहरूबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस् उपलब्ध हुनेछ।

दुईवटै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयले गरेका हुन्।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले अशोक लेलैण्डमा लगानी गरेको जानकारी दिए।

यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीमा लगानी गर्न अनुरोध गर्दै उनले बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता व्यक्त गरे।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो व्यवसायिक गाडी निर्माता कम्पनी भएको बताए।

साथै आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७