बिओके क्यापिटल साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


२० आश्विन २०७८, बुधबार
AGM Press Release

काठमाडौं, २० असोज । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैंटौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । आ.ब. २०७७र७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले आ.ब.२०७७-७८ को वित्तीय विवरणहरु पारित गरेको छ । साथैसाथै, उक्त साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभा समारोहमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको संचालक समितिका अध्यक्ष मिश्रले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागी सहयोग पुयाएको छ । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवाहरु दिदै आईरहेको छ र भविष्यमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७