तस्बिरमा प्रहरी दिवस


२१ आश्विन २०७८, बिहीबार
Nepal Police

काठमाडौं, २० असोज : नेपाल प्रहरीले आफ्नो ६६ औं प्रहरी दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको हो ।

विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरे । यसैगरी ‘प्रहरी दर्पण २०७८’ को लोकार्पण समेत गरे ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु लगायतले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।

उत्कृष्ट प्रहरी पुरस्कृत

यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ का अवसरमा बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न उत्कृष्ट लेखकहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डेलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरे ।

यसैगरी क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्‍ग, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फनिन्द्र प्रसाई, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्ण राज सेढाई प्रदान गरे ।

यसैगरी उत्कृष्ट अनुसन्धानकर्ता सोकोतर्फ प्रहरी सहायक निरीक्षक मच्छेन्द्र नाथ, उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी नायव उपरीक्षक जनक बहादुर शाही, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक सुनिल कार्की, उत्कृष्ट विपद् उद्दारक प्रहरी जवान संजिव कुमार साह, सपोर्ट समूह (प्राविधिक) तर्फ प्रहरी नायव उपरीक्षक उदयजङ्ग बहादुर राणा, प्रहरी निरीक्षक ई.चिरञ्जिवि प्रताप महतो, प्रहरी नायव निरीक्षकहरू शान्ति शाक्य, रमण बहादुर पल्ली मगर, सन्तोष लामा, प्रहरी हवल्दारहरू राजन भण्डारी, पूर्ण बहादुर खत्री र पुरुषोत्तम माझीलाई कदरपत्र एवम् नगद पुरस्कार प्रदान गरे ।

यसैगरी जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायव उपरीक्षक डा. जयन्ति ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय सर्मिला भुलेज र सुरज देउला, उत्कृष्ट खेलाडी तथा खेल प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक केदार बहादुर सिङ्खडा, प्रहरी जवानहरू कुशल भुर्तेल, सुशिला थापा, रोशन कार्की र निरु थापा, उत्कृष्ट आन्तरिक तथा बाह्‍य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्रहरी जवानद्वय सम्झना रायमाझी तथा बिमला चौधरी र पुरस्कार पाउने अन्य प्रहरी कर्मचारीतर्फ प्रहरी नायव निरीक्षक नविन कुमार गिरी तथा प्रहरी कार्यालय सहयोगी निराजन श्रेष्ठलाई कदरपत्र एवम् नगद पुरस्कार प्रदान गरेका थिए ।

तस्बिरहरु

Lifetime Achievement Award
Nepal Police 1
Nepal Police
Nepal PM and IGP
Home Minister
Nepal Police 1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७