वागमती प्रदेशमा बढ्यो गाडी भाडा, उपत्यकामा ३५ रुपैयाँसम्म तिर्नुपर्ने


२१ आश्विन २०७८, बिहीबार
sajha Bus

काठमाडौं, २१ असोज । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वागमती प्रदेशमा १३ जिल्ला छन् ।

काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटरसम्म रु २७, २० किलोमिटसम्म रु ३० र २० किलोमिटरभन्दा माथि रु ३५ भाडादर कायम गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७