काबुलका शहरमा तालिबानको सैन्य गस्ती


२१ आश्विन २०७८, बिहीबार
Taliban1629369210

काठमाडौं, २१ असोज । दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबान लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् ।

एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन सयोजनको परिदृष्य हो ।

पूर्ववर्ती अस्रफ घानीको सरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । न्यायप्रणाली अत्यन्त लामो र खर्चिलो थियो । दुई दशक लामो सैन्य विद्रोहले तत्कालीन सत्तामाथि विजय प्राप्त गरेर शासनको बागडोर आफ्नो हातमा लिएपछि तत्कालीन विद्रोही तालिबानले कानुनविहीन अराजकताको स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ ।

यसै सन्दर्भमा तत्कालीन विद्रोहीहरू अहिले हातमा एके ४७ राइफल जस्ता हतियार लिएर सडकमा गस्तीमा व्यस्त देखिन्छन् । यी नवसैनिक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । आदेश नमान्ने र अटेर गर्नेहरूलाई लखेटिरहेका हुन्छन् ।

अहिले उनीहरू शान्ति स्थापना गर्न लागिपरिरहेका जस्तो देखिन्छन् यद्यपि यो कार्य आफैमा जटिल छ । नयाँ सरकार देशमा न्यायप्रणालीलाई छिटो छरितो बनाउन गृहकार्यमा जुटेको छ । उनीहरू इस्लाम धर्ममा आधारित सरिया कानुनलाई व्यवस्थित गर्न जुटिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७