साम्राज्ञी अभिनित ‘माया पिरेम’ सार्वजनिक (भिडियो)


२१ आश्विन २०७८, बिहीबार
Maya Pirem zdKCw7iHUI

काठमाडौं, २१ असोज । कोरोना महामारीका कारण चलचित्र गतिविधि ठप्प हुँदा झण्डै २ वर्षपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको ‘माया पिरेम’ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

बुधबार ठमेलस्थित एलफ्ट होटलमा आयोजित कार्यक्रमबचि गीत सार्वजनिक गरिएको हो । डीपी खनालको शब्दमा रहेको गीतमा शंकर स्माइलको संगीत छ । गीत विश्व नेपाली र अस्मिता परियारले गाएका हुन् ।

माइकल चन्दको निर्देशन बनेको भिडियोमा साम्राज्ञीका साथ अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादनमा भिडियो बनेको हो । यस म्युजिक भिडियोमार्फत देलविस र राजले डेब्यु गरेका हुन् । ट्रि इन्टरटेन्मेन्टद्वारा निर्मित भिडियोमा दिनेश दर्शनधारी र यशोधा राईको लगानी छ ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७