माओवादीले मन्त्री छान्यो, अरूमा रडाको


२१ आश्विन २०७८, बिहीबार

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र) ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ । नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ ।

मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम समेत चयन गरेको छैन । असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन । ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनु पर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने ।

एसका अध्यक्ष माधव नेपालकै कारण सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएका थिए । उनले अढाइ महिनासम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री भएपछि देउवा एक्लै अघि बढ्ने प्रयासमा छन् ।
महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए । सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो । एसको भागमा सहरी, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कानुन, मन्त्रालय परेको थियो ।

एसले शक्तिशाली, विकासे र सेवा दिने मन्त्रालयको सन्तुलनकारी वितरण हुनुपर्ने माग गरेको छ । शक्तिशाली मानिने मन्त्रालय आफ्नो भागमा नपरेको भन्दै एसले असन्तुष्टि जनाएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७