यमन भिडन्त : हुथी विद्रोही र सरकारी सेनासहित ८० बढीको मृत्यु


२१ आश्विन २०७८, बिहीबार
huthibidrohi qtKYxo8FT7 1

काठमाडौं, २१ असोज । यमनको मारिब सहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भएको भिडन्तमा परी ८० भन्दा बढी मानिस मारिएका छन् ।

यमनको सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएअनुसार उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीले आक्रमण सुरु भएपछि दुई पक्षबीच भिडन्त भएको हो । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

सरकारी अधिकारीका अनुसार मारिने अधिकांश हुथी विद्रोही रहेका छन् । घटनामा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेनाको मृत्यु भएको हो । अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो ।

इरान समर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको मृत्यु भइसकेको छ । यहाँ गएको हप्तामा पनि दर्जनौं हुथी विद्रोही लडाकू मारिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७