पाकिस्तानमा बिहानै शक्तिशाली भूकम्प, हालसम्म १८ जनाको मृत्यु


२१ आश्विन २०७८, बिहीबार
earthquake

काठमाडौं, २१ असोज । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज (बिहीबार) बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।

पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको हो । स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार घटनामा करिब ५० जना घाइते भएका छन् । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७