अष्ट्रेलिया पठाई दिन्छु भन्दै एक विद्यार्थीबाट १२ लाख ठगी


२१ आश्विन २०७८, बिहीबार
pakrau
फाइल फोटो

काठमाडौं, २१ असोज । अष्ट्रेलिया पठाई दिन्छु भन्दै एक व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ठगि अभियोगमा विराटनगरका ४१ वर्षीय मणि निरौलालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । आफू क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको भन्दै उनले गठी गर्ने गरेको खुलेको छ ।

निरौलाले म्याग्दी घर भई हाल टोखा बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाई दिन्छु भनेर प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए ।

निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ । निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७