अवैध काईनेटिक ढुङ्गाको कारोबार : दुई जना पक्राउ


२१ आश्विन २०७८, बिहीबार
pakrau
फाइल फोटो

सुर्खेत, २१ असोज । सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको पाइएको छ । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेत छन् ।

घरधनी बस्नेतको घरमै कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार बीनाअनुमति लुकाई राखेको अवस्थामा १९ किलो ४० ग्राम काईनेटिक ढुङ्गा बरामद गरिएको छ । त्यी ढुङ्गाको बजार मुल्य झण्डै दुई लाख रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७