सानेपामा अनसनरत कांग्रेस कार्यकर्तालाई प्रहरीले उठाएर लग्यो


२१ आश्विन २०७८, बिहीबार
congress

काठमाडौं, २१ असोज । क्रियाशील सदस्यता विवाद मिलाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा आमरण अनसनमा बसेका नेपाली कांग्रेसका कार्यकर्ता रामगोविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई बुधबार अनशनस्थलबाट उठाएर प्रहरीले वीर अस्पतालमा लगेको छ । कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अनसन तोड्न पहल गर्ने बताएको केहीबेरमै प्रहरीले यादवलाई उठाएर वीर अस्पताल लगेको हो । देउवाकै निर्देशनपछि प्रहरीले यादवलाई अस्पताल लगेको कांग्रेसका एक नेताको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७