मुगुको सभापतिमा देउवा निकट ऐनबहादुर शाही


२१ आश्विन २०७८, बिहीबार
Congress

मुगु, २१ असोज । नेपाली कांग्रेसको मुगु जिल्ला सभापतिमा ऐनबहादुर शाही विजयी भएका छन् । बुधबार सम्पन्न जिल्ला अधिवेशनको मत परिणामअनुसार ४०६ मत ल्याएर शाही जिल्ला सभापति बन्न सफल भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी खडकबहादुर शाहीले ३४९ मत ल्याएका थिए । निर्वाचन समितिका अनुसार कूल मत ७७१ खसेकामा १५ वटा बदर भएका थिए ।

खडकबहादुरले भन्दा ५७ मत बढी ल्याएर जिल्ला सभापतिमा निर्वाचित ऐनबहादुर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवानिकट मानिन्छन् । कांग्रेसले ११ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । तीमध्ये संस्थापन पक्षका ५ र पौडेल पक्षका ६ जना सभापति हुन सफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७