नेवानिका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फाले


२१ आश्विन २०७८, बिहीबार
death

काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनले काठमाडौं महानगरपालिका–४ स्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका हुन् ।

त्यस क्रममा घटनास्थलमै उनको मृत्यु भएको एसपी बस्नेतले बताए । पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७