बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार, २० लाख आवेदकले नपाउने


२१ आश्विन २०७८, बिहीबार
ipo

काठमाडौं,२० असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर ९आईपीओ० आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट गर्ने कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । तर आवेदन दिएका अधिकांशको रित्तो हात हुनेछ ।

यो आईपीओ योग्य आवेदक मध्येबाट ७४ हजार ४०० जनाले मात्रै १० कित्ता शेयर हात पार्नेछन् भने २० लाख भन्दा धेरैले शेयर नपाउने पक्का छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७