नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


२१ आश्विन २०७८, बिहीबार

काठमाडौं, २१ असोज । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७८ / ७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने अनुमान विश्व बैंकको छ ।

आर्थिक वर्ष २०७६ /७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको थियो भने गत आर्थिक वर्षमा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ । कोभिड महामारीको प्रभाव नेपालको अर्थतन्त्रमा कम हुँदै गएकाले अर्थतन्त्र सुधारोन्मुख रहेको विश्व बैंकले जनाएको छ ।

विशेष गरी कोभिड–१९ विरुद्धको खोपको प्रयोगका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा सुधार देखिन थालेकोले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७