एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एस) मा प्रवेश


२१ आश्विन २०७८, बिहीबार
bhanu bhakta joshi

काठमाडौं, २१ असोज । नेकपा (एमाले) का नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
बिहीबार बसेको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा जोशीले एमाले परित्याग गरेको घोषणा गर्दै उक्त पार्टी प्रवेश गरेका हुन् ।

एमालेमा केन्द्रीय कमिटी सदस्य रहेका जोशी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन् । भीम रावलसँग निकट रहेर काम गरेका जोशी अहिले रावलसहित एमाले छोडेर एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७