काठमाडौं महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने


२१ आश्विन २०७८, बिहीबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, २१ असोज । काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ ।
भोलि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।
हेर्नुस् सूचना

release 2 yADMW5Y3PX

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७