बाफलबाट १९ जना जुवाडे पक्राउ


२१ आश्विन २०७८, बिहीबार
Juwa Baphal 6.21 2078 qMNdGe0zAA

काठमाडौं, २१ असोज । काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जुवा खालबाट २ लाख ८६ हजार नगद बरामद गरेको छ । जुवा खालबाट ७ बुक तास र ३३ थान कौडा पनि बरामद गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७