विश्वासको मत लिएपछि मुख्यमन्त्री राउतले लिए जानकी मन्दिरका महन्थसँग आशिर्वाद


२१ आश्विन २०७८, बिहीबार
raut mahantha 7JU8t5Cqgn

जनकपुरधाम, २१ असोज । दुई तिहाइ विश्वासको मत प्राप्त गरेपछि प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्थसँग आशीर्वाद लिएका छन् । मुख्यमन्त्री राउत बिहीबार दिउँसो जानकी मन्दिर पुगेर महन्थ रामतपेश्वर दाससँग आशीर्वाद लिएका हुन् ।

प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि बुधबार मुख्यमन्त्री राउतले विश्वासका मत प्राप्त गरेका थिए । उनले प्रदेश सभामा कायम १०४ प्रदेश सभा सदस्य मध्ये ७७ मत प्राप्त गरेका थिए ।

प्रदेश–२ सरकारले मदरसा विधेयक ल्याएपछि मुख्यमन्त्री राउतमाथि प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लाग्ने गरेको छ । राउतविरुद्ध आन्दोलन समेत हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७