यो बर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकारलाई


२१ आश्विन २०७८, बिहीबार

काठमाडौं, २१ असोज । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपको बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रणलाई लिएर सम्मानित गरिएको हो ।

अब्दुलरजक गुरनाहको जन्म सन् १९४८ मा भएको थियो र जान्जिबिरको द्वीपमा हुर्किएका थिए । उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्याण्ड पुगेका थिए ।

गुरनाहको चौथो उपन्यास प्याराडाइज (१९९४) ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो । उनका १० उपन्यासका साथै लघु कथाहरू पनि प्रकाशित भएका छन् । उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् । गएको वर्ष यो विधाको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७