नेकपा (एस) चुनाव चिन्ह परिवर्तनका लागि निर्वाचन आयोग जाने


२२ आश्विन २०७८, शुक्रबार
samajbadi.2021 09 24 09 07 50

काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । हिजो (बिहीबार) बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ चुनाव चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो ।

कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।

अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’ राख्न लागिएको हो । त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय बिहीबारै भइसकेको छ ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रक्रिया पु¥याएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा लागेको जानकारी दिएका छन् । ‘सकेसम्म आजै निर्वाचन आयोग जाने तयारी हो, भ्याइएन भने आइतबारसम्म जान्छौ’, खतिवडाको भनाइ छ ।

निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । ‘आयोग जानुअघि दुवै पक्ष (समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जीवन राई) को पार्टीका तर्फबाट संयुक्त वक्तव्य जारी गर्नुपर्ने हुन्छ । त्यसको ड्राफ्ट बनाउने काम भइरहेको छ’, राईले सोही अनुसार तयारी भैरहेको बताए ।

नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीले आफ्नो चिन्ह ‘किताब’ प्रस्ताव गरेर सोही आधारमा आयोगले मान्यता दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७