संसदमा एमालेको नाराबाजी : ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’


२२ आश्विन २०७८, शुक्रबार
samsad

काठमाडौं, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीबीच संसद बैठक शुरु भएको छ । शुक्रबार दिउँसो जारी प्रतिनिधि सभा बैठकमा उनीहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् ।

सभामुख अग्नि सापकोटाले जनसरोकारका विषय उठाउनुपर्ने भएकाले बैठक अवरोध नगर्न अनुरोध गरेका छन् । सभामुख सापकोटाले १४ सांसदको सूची सार्वजनिक नगरेको भन्दै पटक–पटक संसद अवरोध गर्दै आएको छ । कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ ।

अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ । एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो । एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७