नेकपा (एस) र नेकपा (एकीकृत) बीच पार्टी एकता


२२ आश्विन २०७८, शुक्रबार
Madhav Nepal and jivan rai

काठमाडौं, २२ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) र जीवन राई अध्यक्ष रहेको नेकपा (एकीकृत) बीच पार्टी एकता भएको छ । निर्वाचन आयोगमा दर्ता रहेका दुई पार्टीबीच आठ बुँदे सम्झौतासहित एकता भएको हो ।

पार्टी एकता समझौतामा दुबै पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुनेछ भने चुनाव चिन्ह कलम हुनेछ जीवन राई नेतृत्वको नेकपा (एकीकृत) ले कलम चिन्ह दर्ता गराएको थियो ।

तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिन्ह तोकेको थिएन । एकता प्रक्रिया पूरा गर्न शुक्रबार नै निर्वाचन आयोग जाने तयारी भएको नेताहरुले बताएका छन् ।

ek

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७