मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने


२२ आश्विन २०७८, शुक्रबार
bhim acharya2021 10 07 05 33 20

मोरङ, २२ असोज । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने नेकपा एमालेको संसदीय दलमा प्रस्ताव गरेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा उनले दशैंपछि विश्वासको मत लिने जानकारी गराएका हुन् । सरकारले असोज २४ गते प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । विपक्षी गठबन्धनले भने मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।

आज बस्ने प्रदेशसभाको बैठकमा नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । नेकपा एमालेका प्रदेश सांसद तथा पूर्व मन्त्री हिक्मतकुमार कार्कीले समय दशैंपछि मात्र विश्वासको मत लिइने बताए ।
प्रदेश–१ सरकारको वैधानिकतामाथि सदनमा उठाए विपक्षीले प्रश्न
प्रदेश–१ का विपक्षी दलले प्रदेश सरकारको वैधानिकतामाथि प्रदेश सभामा प्रश्न उठाएका छन् । आज सुरु भएको हिउँदे अधिवेशनमा शुभकामना दिने क्रममा विपक्षी दलका नेताहरूले प्रदेश सभामा सत्तापक्ष अल्पमत र विपक्षी बहुमतमा हुँदा अनौठो दृष्य देखिएको टिप्पणी गरे । उनीहरूले मुख्यमन्त्री भीम आचार्यलाई नैतिकताको आधारमा मार्गप्रशस्त गर्न र विश्वासको मत लिन आग्रह गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले नयाँ सरकार संविधानतः गठन गर्न मुख्यमन्त्री आचार्यले मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘मुख्यमन्त्री आफै पनि राजनीतिमा ठुलो ठाउँमा पुग्नु भएको नेता भएकाले उहाँले मार्ग प्रशस्त गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ’, उनले भने ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले बहुमतको परीक्षण गर्ने थलो संसद् हुँदाहुँदै असंवैधानिक तरिकाले मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै नैतिकताको खडेरी लागेको बताए । उनले भने, ‘नैतिकताअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ होला भन्ने लागेको थियो । एमाले विभाजन भइसकेपछि विश्वासको मत लिनैपथ्र्यो । झण्डा हल्लाउने र नाम लेखाउने रहरले हामीलाई यहाँसम्म ल्याइपुर्‍याएको छ ।’

‘के यो धारा १६८९१० अनुसारको सरकार हो रु’ भन्दै उनले सभामुख समक्ष प्रश्न गरे । नेकपा ९एकीकृत समाजवादी० का संसदीय दलका नेता राजेन्द्रकुमार राईले कार्यसूचीअनुसार विगतमा पनि नभएको र भविष्यमा हुने सम्भावना नहुने गरी हिउँदे अधिवेशन आह्वान गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७