‘श्रीमान’ राणाका जेठान संघीय सरकारको मन्त्री बने, प्रदेशमा सालो बन्दै

संघीय सरकारमा दाजु मन्त्री बने, लुम्बिनी प्रदेशमा भाइ मन्त्री बन्दै


२२ आश्विन २०७८, शुक्रबार
rajendra and surendra1633693097

काठमाडौं, २२ असोज । शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालका सहोदर भाइ सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री बन्ने तयारीमा छन् ।

उनलाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रीका लागि सिफारिस गरिसकेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हमालले आफ्नो नाम मन्त्रीका लागि सिफारिसमा परेका पुष्टि गरेका छन् ।
हमाल बाँकेबाट प्रदेशसभा निर्वाचनमा एक मात्र कांग्रेस नेता हुन् । हमाल बाँकेबाट प्रदेशसभा निर्वाचनमा एक मात्र कांग्रेस नेता हुन् । उनले २०३५ सालदेखि कांग्रेसमा विद्यार्थी राजनीति शुरु गरेका थिए ।

सुरेन्द्र प्रदेश सांसद रहे पनि गजेन्द्र भने गैरसांसद हुन् । कांग्रेसको गत महाधिवेशनमा बाँकेमा महाधिवेशन प्रतिनिधि पराजित भएपछि उनको हैसियत कांग्रेसको क्रियाशील सदस्य मात्र हो । हमालद्वय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान र साला हुन् । राणाकी पहिलो श्रीमती उमा हमालकी साइली बहिनी हुन् । उनको स्टोभबाट आगो सल्किएर जलेर मृत्यु भएको थियो । उमाबाट राणाका एक छोरा र एक छोरी छिन् ।

प्रधानन्यायाधीश राणाले मन्त्री परिषद्मा कोटा मागेको चर्चाका बीच शुक्रबार केन्द्रमा हमालले उद्योगमन्त्रीको शपथ लिएका छन् भने सुरेन्द्रले आइतबार लिने छन् । सत्तारुढ गठबन्धननिकट स्रोतले भन्यो, ‘राणाले दुई मन्त्री मागेका थिए । प्रधानमन्त्रीले केन्द्र र प्रदेशमा एक–एक जना मिलाउनु भयो ।’

प्रधानन्यायाधीश राणासँग पारिवारिक सम्बन्ध रहे पनि प्रजातान्त्रिक आन्दोलनमा हमाल परिवारको योगदान भने उल्लेख्य छ । पञ्चायतविरोधी आन्दोलनमा रणेन्द्र हमालले बाँकेमा लामो समय कांग्रेसको नेतृत्व गरेका थिए । उनी ‘भाइराजा’ नामले परिचित थिए । कांग्रेसका शीर्ष नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग उनको निकट सम्बन्ध थियो ।

सांसद हमालले २०३७ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिव, २०४२ मा स्ववियु सभापति र २०४४ मा फेरि स्ववियु सचिवको जिम्मेवारी सम्हाली सकेका छन् ।

‘३७ सालमा सचिव भएँ, ४२ सालमा सभापति भए। फेरि ४४ सालमा स्ववियु सचिव नै बन्नुपर्ने भयो,’ सुरेन्द्रले हाँस्दै भने, ‘सभापति भइसकेको मान्छे सचिव भएको सुन्दा अप्ठ्यारो नमान्नुस् । कहानी अर्को छ– मेरो साथी महेश मल्लले सभापति हुने इच्छा देखाए । म काठमाडौंमै बस्ने भएकाले पनि ठीकै छ नि त भनें । तर, अरु साथीहरुले मानेनन् । म नभइ नहुने भयो, अनि सचिवमै लडें ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७