रोमाञ्चक खेलमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायो


२३ आश्विन २०७८, शनिबार
delhi O2iDN9n0CL

काठमाडौं, २३ असोज । आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ ।
हिजो भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायो ।

अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका शिखर भरतले छक्का हानेर टिमलाई जिताए । भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए ।

आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्ने छन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७