ईपीएल उपाधिका लागि चितवन र पोखरा भिड्दै, कसले हात पार्ला ५० लाख ?


२३ आश्विन २०७८, शनिबार
epl 2021 nkFEtDgnsi

काठमाडौं, २३ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज (शनिबार) हुँदैछ ।
उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।

खेल मध्याह्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजकले जनाएको छ । चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउने छ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो ।

दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो । यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन् । शुक्रबार टीयू मैदानमा भएको फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले शुक्रबार नै फाइनलका लागि तयार भएको बताएका छन् ।

यस संस्करणमा चितवन र पोखराले दुई खेल खेलेका थिए । दुवै खेलमा चितवनले सहज जित निकालेको थियो । दुवै टोली पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् ।

सोमपाल कामी कप्तान रहेको चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै हराउँदै फाइनल पुग्न सफल भएको हो भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई जित्दै फाइनलमा पुगेको हो । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिने छन् । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७