लगातार १० बैठक अनुपस्थित सांसदको नाम सार्वजनिक, रामकुमार सुब्बा ३१ बैठकमा अनुपस्थित


२७ आश्विन २०७४, शुक्रबार
Ram Kumar Subba

काठमाडौं : सांसदको आजको बैठकमा सभामुख अाेनसरी घर्ती मगरले लगातार १० बैठक अनुपस्थित हुने सांसदको नाम सार्वजनिक गरेकी छिन् । संसद्को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहेका सांसदको नामावली पढेर सार्वजनिक गरेकी हुन् ।

Ram Kumar Subba

अनुपस्थित रहने सबै भन्दा धेरै सांसदमा रामकुमार सुब्बा रहेका छन् । उनी ३१ पटक अनुपस्थित रहे । यस्तै दुर्गा पौडेल २८पटक, डा बाबुराम पोखरेल २७ पटक र सूर्यकुमार शिवाकोटी १९पटक अनुपस्थित रहेको सार्वजनिक गरिन् ।

सांसद                            लगातार अनुपस्थित बैठक संख्या

कांग्रेस
१. प्रदिप गिरी                                    ११

२. नरहरि आचार्य                             ११

३. सुधीरकुमार सिवाकोटी                १९

४. सुजाता परियार                           १०

५. कविताकुमारी सरदार                 १२

६. पद्मनारायण चौधरी                    ११

७. अमीयकुमार यादव                    १२

एमाले
१. विष्णु पौडेल                              ११

२. गौरीकुमारी ओली                      १२

३. तुलबहादुर गुरुङ                         १३

४. हरिबहादुर राजवंशी                    ११

५. कमलादेवी महतो                     ११

६. धनबहादुर घले                        ११

माओवादी केन्द्र
१. रवीन्द्रप्रताप शाह                    ११

राप्रपा
१. भक्तबहादुर खपांगी              १०

२. रामकुमार सुब्बा                   ३१

३. जयन्त चन्द                        १९

अन्य दल
१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल)  ११
२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम)  २७
३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट)  १२
४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११
५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९
६. दुर्गा पौडेल(राष्ट्रिय जनमोर्चा) २८

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेको विधेयक बहुमतले स्वीकृत भएको हो ।
यस्तै बैठकले ‘भाषा आयोग विधेयक, २०७४’लाई पनि सर्वसम्मतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले पेस गर्नुभएको सो विधेयकमाथि काफ्ले, धनीराम पौडेल, लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले १४ वटा संशोधन प्रस्ताव राख्दै राष्ट्रभाषाको स्पष्ट व्याख्या गर्नुपर्ने, आयोगलाई तीन महिला सदस्यसहित ११ सदस्यीय बनाउनुपर्ने र कावा अध्यक्ष तोक्दा अध्यक्षले तोक्ने व्यवस्था हुनुपर्ने बताए ।
संसद्को अर्काे (अन्तिम) बैठक यही असोज २८ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७