महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु


२३ आश्विन २०७८, शनिबार
mahakali hospital

धनगढी, २३ असोज । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका–९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएको बताए । श्रेष्ठका अनुसार महलिाको साल समेत अड्किएको थियो । उनलाई अक्सिजन सपोर्टमा समेत राखिएको तर बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

धामीबाट जन्मिएको शिशुको अवस्था भने सामान्य छ । मृतकका आफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएकाले कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७