भारतमा सक्रिय संक्रमितको संख्या सात महिनायताकै सबैभन्दा कम


२४ आश्विन २०७८, आईतवार
korona india 4

नयाँदिल्ली, २४ असोज । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको संख्यामा पुनः कमी आउन थालेको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ७४० जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या पनि सात महिना पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका थिए ।

भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको संख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको संख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको संख्या कम हुदै गएको हो । पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको संख्या २३ हजार ७० रहेको छ ।

यो संख्या सोही अवधिमा नयाँ सङ्क्रमितहरुको भन्दा झण्डै चार हजार बढी हो । भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ४८ हजार २९१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । गत शुक्रबार १२ लाख ६९ हजार २९१ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ५८ करोड १३ लाख १२ हजार ४८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७