कांग्रेसले उज्यालोमा जवाफ दिन नसक्ने काम गर्न सुहाउँदैन : गगन थापा


२४ आश्विन २०७८, आईतवार
Gagan Kumar Thapa
Gagan Kumar Thapa

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताएका छन् ।

उनले गल्ती गर्ने छुट कांग्रेसलाई नभएको बताएका छन् । ‘गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो’, उनले भने, ‘उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन ।’

उनले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने बताए । ‘हामी केपी ओली होइनौं ढाँटिरहनका लागि’, उनले भने, ‘ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौं ।’ काठमाडौंमा भएको एक कार्यक्रममा आइतबार बिहान थापाले यस्तो बताएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७