दुई महिनापछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, यी मन्त्रीले आजै शपथ लिंदै


२४ आश्विन २०७८, आईतवार
Pradesh 5 fePYCokem7

बुटवल, २४ असोज । लुम्बिनी प्रदेशमा आज (आइतवार) मन्त्रिपरिषद विस्तार हुने भएको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेको झण्डै २ महिनामा सरकारले पूर्णता पाउन लागेको हो ।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले नाम टुंग्याउन नसक्दा शुक्रबार हुने भनिएको विस्तार रोकिएको थियो । केन्द्रमा कांग्रेसका नेताहरुसँगको छलफलपछि मन्त्री बन्नेको नाम टुंगो लागेको हो । नयाँ मन्त्रीहरुको सपथ आजै ३ बजे हुनेछ ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रूपन्देहीका बसिउद्धिन खाँ शिक्षा, विज्ञान युवा तथा खेलकुदमन्त्री बन्ने छन् । पाल्पाका वीरवहादुर रानालाई ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री बनाउने निर्णय भएको छ । त्यस बाहेक कांग्रेसबाट अन्य राज्यमन्त्री बन्ने छन् । यसअघि कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी, पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री बनिसकेका छन्।

माओवादी केन्द्रले यसअघि नै दाङका इन्द्रजीत थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय गरेको छ । राज्यमन्त्रीमा विमलाकुमारी खत्री वली जानेछिन् । माओवादीको भागमा थप तीन मन्त्रालय परे पनि एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिइने छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दै छिन् ।

माओवादी केन्द्रबाट यसअघि नै कृष्णध्वज खड्का आर्थिक मामिला तथा शहकारी मन्त्री बनिसकेका छन् । जसपाबाट सहश्रराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा मगर मन्त्री बनिसकेका छन् । नलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही पनि मन्त्री भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७