लागुऔषधसहित तीन युवक पक्राउ


२४ आश्विन २०७८, आईतवार
drug

सिरहा, २४ असोज । प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आइतबार सिरहा नगरपालिका– १५ बुधौरास्थित दशगजाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमार रहेका छन् ।

बिआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकलमा सवार तीनैजनालाई जाँच गर्दा १० पत्ता (३०० ट्याबलेट) नाइट्रोभेट बरामद भएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७