नेपाल भारतसँग पराजित, फाइनल पुग्ने सम्भावना जीवितै


२५ आश्विन २०७८, सोमबार
India vs Nepal SAAF

काठमाडौं, २४ असोज : साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले पराजित गरेको छ। आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरेका थिए । कप्तान सुनिलले फरुख चौधरीको हेडिङ पासमा ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्ट गोलमा परिणत भएको हो ।

आजको हार पछि पनि नेपालको फाइनल पुग्ने सम्भावना जीवित नै छ ।आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ।

आजको खेलसँगै भारतको पाँच अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । बंगलादेश चार अंकमा चौथो स्थानमा छ । अब लिग चरणको अन्तिम दिनको खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछ । नेपालले बंगलादेशविरुद्ध एक अंक बटुल्न सके पनि त्यो नेपालका लागि फाइनल पुग्न पर्याप्त रहनेछ ।

नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७